18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित) 




देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित) 

काठमाडौं, २ असोज ।  देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ । 
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक,दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक, दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यसैगरी राति पनि देशभरिकै मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

हेर्नुहोस् 

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

 हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

असोज २ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  प्रदेश   नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ 

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको   गण्डकी प्रदेश, प्रदेश  नं ५, र सुदुरपश्चिम  प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

 असोज ३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  सुदुरपश्चिम प्रदेशका  र प्रदेश नं ५ का  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ 

राती : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको    

असोज ४ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  राती : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको    

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ का एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

 




यसमा तपाइको मत


Comments