18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पाल्पा पहिरोमा बेपत्ता ५ जनाकै शव भेटियो




पाल्पा पहिरोमा बेपत्ता ५ जनाकै शव भेटियो


पाल्पा, १० असोज । पाल्पा पहिरोमा बेपत्ता एकै परिवारका पाँच जनाको शव भेटिएको छ । रम्भा गाउँपालिका २ फोक्सिङकोटमा बिहीबार बिहान आएको पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव भेटिएको हो ।
६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया  छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले घर पुरिदा परिवारका ५ जना बेपत्ता भएका थिए ।
बिहीबार नै पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया गर्भवती मोतीसरा गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments