21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, ६ मंसिर । नेपालका विक्रम खड्काले योगा अन्तर्गत ‘ध्रुवासन’मा लामो समय बसेर विश्व रेकर्ड कायम गरेका छन् ।
लायन्स क्लव अफ काठमाडौं च्याम्पियनका सञ्चार एवं मार्केटिङ अध्यक्ष खड्काले काठमाडौं गोंगबुस्थित न्यू लाईफ आयुर्वेद क्लिनिकमा शनिबार ३ घण्टा ५५ मिनेट लक्ष्य लिएर ३ घण्टा ३६ मिनेट बसेर विश्व रेकर्ड बनाएका हुन् ।
यसअघि सन् २०२० को जुन १८ मा भारत बेङ्लोरका सनत्रथले ६६ मिनेट ५५ सेकेण्ड कायम गरेका थिए । शनिबार बिहान सवा ८ बजेबाट ‘ध्रुवासन’ शुरु गरेर ३ घण्टा ५५ मिनेट लामो समय बसेर रेकर्ड तोडेका थिए ।
न्यू लाईफ आयुर्वैद क्लिनीकका डा. चन्द्र कार्कीले खड्काले विभिन्न १० वटा मापदण्ड पुरा गरेको बताए । सो अवसरमा विश्वरेकर्डका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पर्वत घर भई हाल काठमाडौं बस्दै आएका खड्काले बुद्धिजममा स्नाकोत्तर गरेका छन् । उनले योगी विकाशानन्दबाट योगको प्रशिक्षण लिएका थिए ।
उनी यसअगाडी शिरासनमा ५ घण्टा लगायत बसेका थिए भने त्राटकमा ४ घण्टा लगायत बसेका थिए ।
लायन्स क्लब अफ काठमाडौं च्यम्पियनको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वरक्षामन्त्री एवं सांसद भिमशेनदास प्रधान, गोरखा क्षेत्र नं २ का सांसद एवं समाजसेवी प्रकाश दवाडी, वडा प्रतिनिधि निर्मला बोगटी, लायन्स इन्टरनेशनल ३२५ बी वान का डिष्ट्रिक गर्भनर प्रमुख मान बहादुर रोक्का, संगिता के.सी. थापा, सुर्य केसी लगायत उपस्थिति रहेको लाइन्स क्लव अफ काठमाडौं च्याम्पियनका उपाध्यक्ष (फष्ट भिपी) दिपकबाबु थापाले बताए ।