21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, ११ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेको नाग्दी खोला नजिक बिहीबार बिहान त्रिशुली नदीमा जीप खस्दा बेपत्तामध्ये दुई जनाको शव फेला परेको छ । चालक सूर्य केसी र जमुना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जमुना रोकाकी १५ वर्षकी छोरी जेनिशा रोकाको भने खोजी भैरहेको छ ।
जीपमा रहेका जमुनाका श्रीमान् मुकुन्द बहादुर रोका भने पौडी खेलेर बाँचेका छन् । मुकुन्दको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । प्युठानबाट बिरामी जेनिशालाई लिएर काठमाडौं लागि छुटेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट झण्डै ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।