22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, १९ पुस । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जना पक्राउ परेका छन् । प्रहरीले फ्लाई दुबईको उडानमार्फत शनिबार साँझ दुबई जानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित अन्य सात जना रहेका छन् । उनीहरूको साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको र उनीहरूको रिपोर्ट नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।