22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, २९ पुस । सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन मंगलबार सुन तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले उकालो लागेर एक हजार २५० रुपैयाँ तोकिएको थियो।