17 Baishak, 2081 / 29 April , 2024
काठमाडौं, १ माघ । काठमाडौं भद्रकालीमा मिनिबस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । सिंहदरबार प्रहरीले वृतका अनुसार घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइते हुनेमा २८ वर्षीया विमला वुढा, उनकी छोरी ६ वर्षीया रितु वुढा र २ वर्षीया रेजिना वुढा रहेका छन्। घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने बस चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टा नचलेको र अहिलेसम्म अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।