22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, १८ माघ । नेपालको मौसममा हाल पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भेगका थोरै र तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो तथा राति प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ १८ गते आइतबार
दिउँसो : प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ १९ गते सोमबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ २० गते मंगलबार
दिउँसो : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।