18 Baishak, 2081 / 30 April , 2024
काठमाडौं, २० माघ । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले बिहीबारदेखि देशभर वर्षा हुने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको हिउँदमा देशका केहि स्थानमा छिटफुट पानी पर्नु बाहेक वर्षा हुन नसकिरहेको बेला अब भने पानी पर्ने प्रणाली भित्रिन लागेको हो। जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले अहिलेसम्मको मौसमी अवस्था हेर्दा बिहीबारदेखि पानी पर्ने जनाएको छ।
महाशाखाले यसबारे विषेश बुलेटिन निकालेर जानकारी गराउने तयारी गरेको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन्। भोलि बेलुकादेखि भित्रिन सुरु गर्ने पश्चिमी वायुको असर पश्चिम क्षेत्रबाटै सुरु भई विहीवारदेखिदेशभर वर्षा र हिमपात हुने कँडेलले बताइन्।