24 Baishak, 2081 / 6 May , 2024
काठमाडौं, ३ फागुन । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित अदालतमा हाजिर भएका छन्।
पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत पुगेका हुन्। माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफसहित ७ दिनभित्र अदालतमा उपस्थित हुन भनेको थियो।
सोही अनुसार उनीहरू अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिएका हुन्। शर्माले एकल जवाफ बुझाएका छन् भने रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त जवाफ पेश गरेका छन्।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीलाई लिखित जवाफ दिँदै उनीहरूले अदालतको अवहेलना नगरेको दाबी गरेका छन्। उनीहरूले संविधानले दिएको अधिकार प्रयोग गर्दै आफ्ना अभिव्यक्ति दिएको बताएका छन्। साथै, अदालतको अवहलेनामा आफूहरू सचेत रहेको र आफूहरूबााट त्यस्तो कार्य नहुने बताएका छन्।