22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, २० फागुन । सुनचाँदीको भाउ बिहीबार घटेको छ। बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुनको मूल्य पाँच सयले वृद्धि भएर ८७ हजार ५०० रुपैयाँ पुगेको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।