18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ताप्लेजुङ दोभानमा आगलागीका कारण करिब ४० करोड बराबरको क्षति




ताप्लेजुङ दोभानमा आगलागीका कारण करिब ४० करोड बराबरको क्षति

ताप्लेजुङ, २० फागुन । ताप्लेजुङको दोभान आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।
आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए । आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो । मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।


 



Related News


यसमा तपाइको मत


Comments