18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

९० अंकभन्दा बढीले बढ्यो नेप्से




९० अंकभन्दा बढीले बढ्यो नेप्से

काठमाडौं, २० फागुन । नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ। साताको अन्तिम दिन बिहीबार नेप्से बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ अंक बढेको छ।
नेप्से परिसूचक उच्च अंकले उकालो लागेपनि यस दिन कारोबार रकममा भने ६ अर्बमा नै सीमित भएको छ। यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४.७८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिखर इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




यसमा तपाइको मत


Comments