17 Baishak, 2081 / 29 April , 2024
एजेन्सी । न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ।
तर भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भएको छैन।