19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दैनिक एक हजार श्रम स्वीकृति




दैनिक एक हजार श्रम स्वीकृति

काठमाडौं, १७ चैत । चैत लागेसँगै वैदेशिक रोजगारीले गति लिएको छ। पछिल्लो २/३ महिना यता श्रम स्वीकृति लिने कामदारको संख्यामा २/३ गुणाले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । 
विभागका अनुसार फागुनमा मेनपावरबाट मात्रै ७ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन्। पुनः श्रम स्वीकृतिसहित फागुनमा विदेश जाने कामदारको संख्या करिब २० हजार पुगेको छ। 
चैत महिनाको सुरुवातदेखि नै दैनिक एक हजार जनाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  अहिले मलेसिया, कुवेतबाहेक कतार, साउदी अरब, बहराइन, ओमन लगायतका देशबाट नयाँ श्रम स्वीकृति धमाधम आइरहेको विभागले जनाएको छ । 

कोभिड अघि सर्वाधिक कामदार जाने मुलुक मलेसिया लगायतका देशमा अहिले पनि वैदेशिक रोजगारी खुल्ला गरिएको छैन। यी देशमा पनि रोजगारी खुल्ला गरिएमा वैदेशिक रोजगार पूर्ववत अवस्थामै फर्किने सक्ने विभागले जनाएको छ । 

नेपाली कामदारको वैदेशिक रोजगारीमा पहिलो रोजाइको मुलुक मलेसियाको रोजगारी नखुल्दा कतार र साउदी अरबमा आकर्षण देखिएको छ। कोभिड अघिसम्म मलेसियाको रोजगारीमा जाने नेपाली अत्यधिक रहेकोमा अहिले भने कतार र साउदीमा मासिक ५÷७ हजार जनासम्म कामदार रोजगारीमा गइरहेका छन्।
 



Related News


यसमा तपाइको मत


Comments