18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गंगा नदी किनारमा भेटिए ४० शव, कोभिडका कारण मृत्यु भएकाहरुको हुन सक्ने 




गंगा नदी किनारमा भेटिए ४० शव, कोभिडका कारण मृत्यु भएकाहरुको हुन सक्ने 

एजेन्सी । भारतको उत्तर प्रदेश र बिहार राज्यको सीमा क्षेत्रमा गंगा नदीको किनारमा कम्तीमा ४० जनाको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ ।
सरकारी अधिकारी अनुसार बगाएर ल्याएको अवस्थामा शव सोमबार भेटिएको हो ।

ती शवहरु कसरी नदी किनारमा पुगे भन्ने स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरुले भने कोरोना भाइरसको संक्रमणका कारण निधन भएकाहरु हुन सक्ने जनाएका छन् ।

केही स्थानीय सञ्चारमाध्यमका अनुसार शवको संख्या १०० सम्म रहेको छ । शवको अवस्था हेर्दा केही दिन अघि नै मृत्यु भएकाहरुको हुन सक्ने बताइएको छ ।

स्थानीय सरकारी अधिकारी अशोक कुमारले बिबिसीसँग भनेका छन्, ‘यी शवहरु उत्तर प्रदेशबाट आएको हुन सक्ने सम्भावना छ ।’ शवहरु गाडिने वा जलाइने उनले बताएका छन् ।

 

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उत्तर प्रदेशमा ठाउँ तथा दाउराको अभाव भएको छ । तस्बिर : रोयटर्स



Related News


यसमा तपाइको मत


Comments