18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायली सहर तेल अभिभमा रकेट हमला 




इजरायली सहर तेल अभिभमा रकेट हमला 


एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच तनाव चर्किँदै गएको छ । प्यालेस्टाइनका विद्रोहीहरूले इजरायली सहर तेल अभिभमा रकेट हमला गरेका छन् ।

इजरायलले हवाइ हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएपछि त्यसको जवाफमा प्यालेस्टिनका विद्रोहीले इजरायल शहर तेल अभिभमा एक सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका बीबीसीले जनाएको छ ।

भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजामा रहेको १३ तले भवनमा आक्रमण भएको थियो । इजरायली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप भवनमा आक्रमण गरेका हुन् ।

यो क्षेत्रमा भइरहेको हिंसामा ३१ जनाको ज्यान गइसकेको छ । 



Related News


यसमा तपाइको मत


Comments