27 Baishak, 2081 / 9 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नागरिकता अध्यादेशविरुद्धकाे रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन




नागरिकता अध्यादेशविरुद्धकाे रिट सुनुवाइ गर्न  संवैधानिक इजलास गठन

काठमाडौं, २१ जेठ । नागरिकता अध्यादेशको विरुद्ध परेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा आफूसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका हुन् । 

वरिष्ठताकै तहमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नसक्ने भएपछि ईश्वरप्रसाद खतिवडालाई राखिएको छ । प्रतिनिधि सभा विघटनको विषयमा गठन गरिएको संवैधानिक इजलासमा विवाद भएपछि अध्यादेशविरुद्धको मुद्दामा भने प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा न्यायाधीश छानेर इजलास गठन गरेका हुन् । 

सरकारको सिफारिसमा यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण बस्नेत लगायतले रिट दायर गरेका थिए ।  



Related News


यसमा तपाइको मत


Comments