22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, २३ असार । सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गरेका छन् । शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति गरेको हो । भाषिकलगायतका विषयमा मिलाउन बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।
शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उनले बताए ।