18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाइडेनद्वारा पुनः अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ




बाइडेनद्वारा पुनः अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् । २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिक अगस्ट ३१ को समय सीमा अघि सोमबार पूर्णरुपमा स्वदेश फर्किएका थिए । अमेरिकीसहितका नेटो सैनिक फिर्ता हुने निर्णयसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ । मध्य अगस्टमा तालिबानले काबुल नियन्त्रणमा लिएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानमा लामो समय बस्ने कुनै विकल्प नरहेको बताएका छन् । अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् । उनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा बढीको उद्धारका लागि विमानको व्यवस्थापन गरेकोमा प्रशंसा गरे । अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा तालिबानका लडाकुहरुले उत्सव मनाएका थिए । उनीहरुले त्यसलाई आफ्नो विजयका रुपमा परिभाषित गरेका थिए ।



Related News


यसमा तपाइको मत


Comments