26 Baishak, 2081 / 8 May , 2024
काठमाडौं, १४ कात्तिक । कात्तिक महिनामा विपद्का घटनाबाट १२१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्। कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ।
गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भइ नेपालमा भारी वर्षा भएको थियो। वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएका थिए। ठूला(ठूला पहिरोले मानवीय क्षति बढी गराएको हो।
गृहका अनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। हराइरहेकाको खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।