24 Baishak, 2081 / 6 May , 2024
ओखलढुङ्गा, २९ कात्तिक । ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
सोमबार बिहान ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेका यात्रु दुर्घटनामा परेका हुन् । प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका वडा नं। ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको छ । गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर मगाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।