21 Baishak, 2081 / 3 May , 2024
एजेन्सी । इजरायलमा पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरिएको छ ।
यसअघि १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिन सुरु गरिसकिएको थियो। फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानका आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ।