19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिक प्रतिबन्ध




भारतमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिक प्रतिबन्ध


नयाँदिल्ली, १७ असार । भारतले एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरि फालिने प्लास्टिकका १९ सामानमा भारतले प्रतिबन्ध लगाएको हो ।

भारतको पर्यावरण मन्त्रालयले प्रतिबन्ध लागेका प्लास्टिकका सामानको सूची सार्वजनिक गरेको छ ।

७५ माइक्रोन भन्दा तलका प्लास्टिकका झोला, प्लास्टिक राखिएका कान कोट्याउने इअरबड, प्लास्टिकका झन्डा, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका गिलास, कप, प्लेट, काँटा, चम्चा, चक्कु लगायतमा प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता खालका प्लास्टिकका सामग्रीको प्रयोग गरेको पाइए कारबाही हुने पनि खबरमा उल्लेख छ ।
 



Related News


यसमा तपाइको मत


Comments