21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, ३० साउन । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले भदौमा बैंकको साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। एनबीएको सोमबार बसेको बैठकले भदौमा साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो। ‘व्यक्तिगत मुद्दति निक्षेपतर्फ साउनकै अधिकतम ११।०३ प्रतिशतलाई भदौमा कायम गर्ने निर्णय भएको छ ।
यसअघि साउन २२ गते बसेको एनबीएको बैठकमा भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने बैंकहरुले भद्र सहमति गरेका थिए तर निर्णय नै भने भएको थिएन।