14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, ५ असोज । बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ ।
राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो ।
शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।
मृत्यु हुनेमा उक्त कम्पनीमा काम गर्ने कामदार हुनसक्ने प्रहरीको अनुमान छ।