14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, ९ असोज । काठमाडौं वसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।
प्रहरी वृत्त महाराजगन्जमा दरबन्दी भएका उनी प्रहरी प्रभाग तिलिङगेटारमा प्रहरी कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल मृत्यु भएको जनाइएको छ ।
गए राति करिब पौने २ बजे नारायणगोपालचोकबाट वसुन्धारातर्फ जाँदै गरेको बा२ज ११९२ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा९१प ५४०३ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए । ट्याक्सीसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।