18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

१८ राजमार्गमा एकतर्फी यातायात सञ्चालन, २ राजमार्ग पूर्ण अवरुद्ध




१८ राजमार्गमा एकतर्फी यातायात सञ्चालन, २ राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं, २८ असार ।   बाढी, पहिरो लगायत विभिन्न कारणबाट अहिलेसम्म १७ वटा राजमार्गमा क्षति पुगेको छ।  विभागका अनुसार १७ वटा राजमार्गमा क्षति पुग्दा ८९ ठाउँमा आवागमन अवरुद्ध भएको थियो। जसमध्ये ६९ ठाउँमा सडक दुईतर्फी रुपमै सञ्चालनमा आइसकेको छ। 
हाल १८ ठाउँमा एकतर्फी मात्रै यातायात सञ्चालनमा रहेको विभागले जनाएको छ। विभागका अनुसार २ वटा राजमार्गका २ ठाउँमा भने आवागमन अवरुद्ध छ। 
विभागका अनुसार बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा गरी १ वटा कल्भर्ट, एउटा बेली ब्रिज र एउटा साधारण पक्की पुलमा क्षति पुगेको छ।  यो वर्ष २०८० वैशाख १ गतेदेखि हालसम्म सडक तथा यातायातका पूर्वाधारका क्षेत्रमा गरी २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। 




यसमा तपाइको मत


Comments