18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यि प्रदेशमा वर्षाको सम्भावना




यि प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, ३१ असार । आज (आइतबार) मधेश प्रदेशसँगै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) हुनेछ भने मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
साथै आज दिउँसो मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।
महाशाखाका अनुसार राति सबै प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। 
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज (आइतबार) मौसम बदली र वर्षा अलि कम हुने र भोलि (सोमबार) देखि बढ्ने सम्भावना छ। ‘हिजो र आज पानी अलि कम पर्ने देखिएको छ’, उनले भनिन्, ‘भोलि र पर्सि फेरि वर्षा बढ्ने सम्भावना छ।’
महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 
जसमा भनिएको छ, ‘सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।




यसमा तपाइको मत


Comments