22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अझै फेला परेनन् सामाखुसीबाट बाढीले बगाएका बालक, चोभारसम्म खोजी गरिँदै




अझै फेला परेनन् सामाखुसीबाट बाढीले बगाएका बालक, चोभारसम्म खोजी गरिँदै

काठमाडौं, ८ साउन । सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।  आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका हुन्। 
सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका थिए।  सोमबार बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन्। 

उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 
 सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। 

अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्।  विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।

यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ।
 



Related News


यसमा तपाइको मत


Comments