17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

झन्–झन् बढ्दैछ डेंगुः  ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु




झन्–झन् बढ्दैछ डेंगुः  ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु


काठमाडौं, २२ साउन । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउँदै ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए। 

सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै उनले हालसम्म ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। 
सबैभन्दा बढि केस सुनसरीबाट रिपोर्ट प्राप्त भएको पनि उनले बताए।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको पनि बताए। डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। 

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए। 




यसमा तपाइको मत


Comments