22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वर्षाका कारण दर्जनौं राजमार्ग अवरूद्ध




वर्षाका कारण दर्जनौं राजमार्ग अवरूद्ध

काठमाडौं,२३ साउन । वर्षाका कारण यतिबेला दर्जनाैं राजमार्ग अवरूद्ध भएका छन् ।  नेपाल प्रहरीका अनुसार मंगलबार देशभर दर्जनौं राजमार्ग अवरुद्ध भएका हुन् । हाल नारायणगढ–मुग्लिन सडक खण्ड पनि पहिराेका कारण प्रभावित बनेकाे छ । आज बिहान कालिखोलामा पहिरो जाँदा सडक एकतर्फी मात्र सञ्चालनमा भइरहेकाे छ । यसैगरी, कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा पहिरो गएकाे थियाे । जसकारण सिद्धार्थ राजमार्ग प्रभावित बनेकाे छ । यस्तै, भिमदत्त राजमार्ग पनि अहिले अवरुद्ध भएकाे छ।

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपाले र प्यूठानको भालुवाङ सडक खण्ड पनि अवरुद्ध भएको छ । अर्काेतर्फ, पाँचथरको फिदिम ४ मा पहिरो जाँदा तमोर कडिडोर अवरुद्ध बनेको छ । काभ्रेको रोशी गाउँपालिका कालढुंगामा र वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ ।  सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएकाे छ ।

मकवानपुरको बकैया, लामराङमा पहिरोका कारण कान्ती लोकपथ अवरुद्ध भएको छ । नुवाकोटको कककी निगालेमा पहिराे जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध भएकाे नेपाल प्रहरीकाे भनाइ छ ।

यसैगरी, सडक अवरूद्ध हुने सडक खण्डमा म्याग्दीको घुगंगास्थित बैसरीमा सडक प्रभावित बन्दा बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । डडेलधुराको आलिताल, सुनखोलामा बतुडर–जोगबुढा भित्रि सडक खण्ड समेत हाल अवरुद्ध भएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments