23 Baishak, 2081 / 5 May , 2024
एजेन्सी । स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको संख्या १३ पुगेको छ । आइतबार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।
प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् । त्यसैले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएकोे छ । मर्सियाका मेयर जोसे बालेस्टाले आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको बताए ।
स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।