20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मृत्युदर्ता बनाएर भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर




मृत्युदर्ता बनाएर भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं, ८ मंसिर । जीवितै पतिको मृत्यु दर्ता बनाएर एकल भत्ता खाने महिला र वडा सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।


खत्रीका पतिले नै आफू जीवितै हुँदै मृत्युदर्ता प्रमाणपत्र बनाएर पत्नीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो । छानबिनमा क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
 




यसमा तपाइको मत


Comments