24 Baishak, 2081 / 6 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हमासद्वारा थप ८ जना बन्धक रिहा, इजरायली जेलबाट ३० प्यालेस्टिनी छुटे




हमासद्वारा थप ८ जना बन्धक रिहा, इजरायली जेलबाट ३० प्यालेस्टिनी छुटे

एजेन्सी । इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमासबीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप आठ जना इजरायली बन्धक मुक्त भएका छन् । बुधवार दुई र सातौँ दिन बिहीवार आठसहित हमासले १० जनालाई रिहा गरेको छ । इजरायलले बदलामा थप ३० प्यालेस्टिनी बन्दीलाई जेलबाट रिहा गरेकाे जनाएको छ ।

हमासले एक जना बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति थियो । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवारदेखि लागू भएको हो । इजरायल र हमासबीच हिजो एक दिनका लागि युद्धविराम थपिएको थियो । यो अवधि सकिएसँगै फेरि विस्तार गर्ने या नगर्ने अन्योल छ । तर युद्धविराम थप गर्न निरन्तर छलफल र वार्ता चलिरहेको छ । कतार, अमेरिका र इजिप्टको पहलमा दुई पक्षसँग छलफल भैरहेको बीबीसीले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments