24 Baishak, 2081 / 6 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेल कच्चा तेल निर्यात




इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेल कच्चा तेल निर्यात

एजेन्सी । इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ। नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो । 

स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कअनुसार मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०८.०५ मिलियन ब्यारेल ब्यारेल छिमेकी जोर्डनमा पठाइएको​ छ। उत्तरी प्रान्त निनेवेहको कयारा तेल क्षेत्रबाट १.०३ मिलियन ब्यारेल र ४६४,७२८ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको जनाइएको छ। 

इराकको अर्थतन्त्र धेरै कच्चा तेलको निर्यातमा निर्भर छ ।  जसले देशको राजस्व ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।



Related News


यसमा तपाइको मत


Comments