17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँः प्रधानमन्त्री




हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँः प्रधानमन्त्री

काठमाडौं, २८ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ विमान खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताए । थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने उनले उल्लेख गरे ।

‘‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटक–पटक छलफल गरेको छु,” प्रधानमन्त्रीले भने, “हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ । यसले अन्तर्राष्ट्रियजगत्मा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म गम्भीर छु ।’’




यसमा तपाइको मत


Comments