18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक लगानी प्रतिबद्धता घट्यो




वैदेशिक लगानी प्रतिबद्धता घट्यो

काठमाडौं, ३ फागुन । नेपालकाे औद्योगिक क्षेत्रमा माघ महिनामा वैदेशिक लगानी प्रतिबद्धता घट्न पुगेको छ । उद्योग विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघ महिनामा नेपालको औद्योगिक क्षेत्रमा लगानी प्रतिबद्धता घट्न पुगेको हो ।

विभागका अनुसार माघ महिनामा १५ वटा विभिन्न विदेशी कम्पनीहरूले नेपालमा ३४ करोड बराबरको लगानी स्वीकृति लिएका छन्, जुन लगानी विदेशी कम्पनीहरूले साना उद्योगहरूमा मात्रै गर्नेछन् । माघ महिनाको लगानी स्वीकृति मध्ये ५३ प्रतिशत पर्यटन क्षेत्र, ३३ प्रतिशत उत्पादन क्षेत्र र २० प्रतिशत सेवा क्षेत्रमा रहेको छ ।

जबकी अघिल्लो पुस महिनामा भने विभिन्न २७ वटा कम्पनीहरुले १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रूपैयाँ बराबरको विदेशी लगानीको स्वीकृति लिएका थिए । पुस महिनाको लगानी स्वीकृति भने ५ वटा मझौला उद्योगमा पनि रहेको थियो ।

विभागका अनुसार माघ महिनामा विभिन्न ३ वटा विदेशी कम्पनीले ८४ करोड ७० लाख बराबरको शेयर खरिदको लागि स्वीकृति लिएका छन् भने २ वटा विदेशी कम्पनीहरुले प्रविधि हस्तान्तरणको स्वीकृति लिएका छन् । पुस महिनामा ७ वटा विदेशी कम्पनीहरुले २६ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको शेयर खरिद स्वीकृति लिएका थिए भने ४ वटा विदेशी कम्पनीले प्रविधि हस्तान्तरणको स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको माघ महिनाको अन्त्यसम्म २४१ वटा कम्पनीहरुले २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको नेपालमा लगानीको लागि स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकअनुसार माघ महिनामा नेपालमा लगानी गरेका विभिन्न विदेशी कम्पनीहरूले ३३ करोड २२ लाख ९५ हजार ३२० रूपैयाँ बराबरको नेपाली, ८७ लाख ४९ हजार ९४२ अमेरिकी डलर र ४० लाख ४५ हजार ५८८ बराबरको भारतीय रूपैयाँ रोयल्टी बापत लगेका छन् । त्यस्तै, सेवा शुल्क वापत ४६ लाख १७ हजार २ सय रुपैयाँ बराबरकाे भारतीय रूपैयाँ विभिन्न विदेशी कम्पनीले नेपालबाट लगेका छन् ।
 




यसमा तपाइको मत


Comments