16 Baishak, 2081 / 28 April , 2024
एजेन्सी । आफ्नो बालीको न्यूनतम मूल्य सुनिश्चितता माग गर्दै आन्दोलनरत भारतीय किसानहरूले फेरि दिल्लीसम्म र्याली गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनका क्रममा एक युवा किसानको ज्यान गएपछि अघिल्लो हप्ता आन्दोलन स्थगित गरेका किसानहरूले फेरि र्याली शुरु गर्न लागेका बीबीसीले जनाएको छ ।
किसानहरू दिल्लीतर्फ जाने तयारी भएपछि दिल्लीको सिमानामा ब्यारिकेड लगाएको र ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको बीबीसीले जनाएको छ । भारतमा आमचुनाव हुन केही महिनामात्र बाँकी रहेका बेला किसानले आन्दोलन गरेका हुन् । गएको फेब्रुअरी महिनाको शुरुमा किसानहरूको आन्दोलन शुरु भएपछि सरकारले वार्ता गरेको थियो । तर वार्ता सफल भएको छैन ।