19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


शहीद सप्ताह सुरु 

शहीद सप्ताह सुरु 


काठमाडौं, १० माघ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ। शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ। शहीद सप्ताहको पहिलो दिन बुधबार शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिएको छ।

नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए।

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान सम्झदैँ नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको बताए।

देशका लागि जीवन बलिदान गर्ने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। 


ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ

ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ


काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । 
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए । 
 


सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित

सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित


काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।
यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।
 


पञ्जीकरण विभागको सफ्टवेयर र बायोमेट्रिक्स राहदानी विभागमा प्रयोग गरिने 

पञ्जीकरण विभागको सफ्टवेयर र बायोमेट्रिक्स राहदानी विभागमा प्रयोग गरिने 


काठमाडौं, ९ माघ । राहदानी विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रणाली प्रयोग गर्ने भएको छ । उक्त सफ्टवेयर प्रयोगमा ल्याएमा सेवाग्राहीले राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनु नपर्ने अधिकारीहरूले बताएका छन् ।

सोमबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।


बैठकपछि सम्बन्धित विभागहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गर्न निर्देशन दिएको पनि परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले फोटो खिचाउने र बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचय पत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जीकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।
 


काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ


काठमाडौं, ८ माघ । नेपाल प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टचार्य रहेका छन् ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार भट्टचार्य बसुन्धरास्थित धौलागिरि पोलिक्लिनिकमा कार्यरत थिए । उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए । प्रहरीका अनुसार उनले विभिन्न संस्थाको नक्कली सर्टिफिकेट बनाएर झुक्यानमा पारी ठगी गर्दै आइरहेका थिए । 
 


कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्गको प्रयोग

कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्गको प्रयोग


काठमाडौं, ८ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै कटन क्याण्डी उपभोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
काठमाडौँका विभिन्न स्थानहरूका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्ग रोडामाइन बीको प्रयोग भएको पाइएको हुँदा त्यस्ता क्याण्डी उपभोग नगर्न विभागले सूचना जारी गरेको हो । 

विभागको प्रयोगशाला जाँच विश्लेषणमा रोडामाइन बी भेटिएको हुँदा विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिन विभागले अनुरोध गरेको छ ।


इच्छाराज तामाङ दोषी ठहर

इच्छाराज तामाङ दोषी ठहर


काठमाडौं , ७ माघ । इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई दोषी ठहर हुने फैसला गरेको हो। तामाङ र उनको परिवारको नाममा रहेको सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। तामाङमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने बताउँदै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न अदालतले आदेश दिएको छ। 

तामाङ दोषी ठहर भइसकेकाले अब छुट्टै इजलासमा पेश गरेर सजाय निर्धारण हुने भएको छ। उनीविरुद्ध सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो। 

सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङ, उनकी श्रीमती बिना श्रेष्ठ, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। २०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा मुद्दा दायर भएको उक्त मुद्दामा फैसला गर्ने प्रयोजनका लागि एक सातादेखि हेर्दाहेर्दैमा थियाे। 

मुख्य अभियुक्त रहेका तामाङविरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रुपैयाँ, दुई छोरीविरुद्ध झण्डै नौ  करोड, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोग दाबी छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।


पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ

पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ


काठमाडौं, ७ माघ ।  ललितपुर प्रहरीले पुल्चोक स्क्वायर होटलका संचालकलाई पक्राउ गरेको छ । होटलका सञ्चालकमध्ये ललिता देवकोटा भण्डारीलाई शनिबार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

अर्का सञ्चालक रोमी अर्यालको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । गएको भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएका थिए ।
सोही विषयमा सजीलका परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए । सोही उजुरी पछि होटल सञ्चालक पक्राउ परेका हुन् । हाल सजीलमान कोमामा पुगेका छन् ।
 


स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ

स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ


काठमाडौं, ५ माघ ।  स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागको टोजीले क्षेत्रपाटीबाट अवैध अन्दाजी २ करोड नदगसतिह ३ जनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका २ सहयोगी छन्। बरामद रकम अझै गनिनसकेको विभागले जनाएको छ। बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान विभागले गरेको छ। पक्राउ परेका अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको बताइएको छ।
 


निगमको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका (सूचनासहित)

निगमको जहाज बिग्रिएसँगै फेरियो कतार र जापानको उडान तालिका (सूचनासहित)


काठमाडौं, २ माघ । नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ। आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो। 
निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११ः२५ मा रहेको उडान अब १७ जनवरी ०८ः०५ मा हुने गरी समयतालिका फेरिएको छ। 
त्यस्तै जनवरी १७ मा हुने नारिता-काठमाडौं ११ बजेको उडान बेलुका ०७ः१० बजे उडान हुने भएको छ।  उता १६ जनवरी राति ११ बजे रहेको  काठमाडौं-दोहा उडान १८ जनवरी राति १ः५० मा हुनेछ। दोहा-काठमाडौंको १७ जनवरी ०३ः२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो।