20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

शहीद सप्ताह सुरु 




शहीद सप्ताह सुरु 

काठमाडौं, १० माघ । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ। शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ। शहीद सप्ताहको पहिलो दिन बुधबार शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिएको छ।

नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए।

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान सम्झदैँ नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको बताए।

देशका लागि जीवन बलिदान गर्ने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। 



Related News


यसमा तपाइको मत


Comments