22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।
अध्यक्ष थापाले मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको चर्चा गर्दै थापाले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नु पर्ने आवश्यकता औंल्याए। पार्टी एकता सँगै जनवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले सांगठनिक सुदृढीकरणका गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।