18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा काेराेना प्रभावित क्षेत्रलाई हेरेर सिल गरिने




काठमाडौं उपत्यकामा काेराेना  प्रभावित क्षेत्रलाई हेरेर सिल गरिने

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमित क्षेत्रमा सिल गरिने भएको छ। शुक्रबार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रभावित क्षेत्रलाई हेरेर सिल गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार काठमाडौंको न्युरोड र टेकु क्षेत्र आजबाट सिल गर्ने तयारी गरिएको छ। त्यस्तै आज नै काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्न निर्देशन दिइसकेका छन्। शुक्रवार न्युरोडका दुई जना कपडा व्यपारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यआवश्यकबाहेक अन्य सेवा बन्द हुने भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्याआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । 

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments