22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, ४ कात्तिक । कैलाली घटनामा अर्का प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । यसअघि उनीसँगै गस्तीमा गएका प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको शव मोहना नदीमा मृत भेटिएका थिए । असई बिकको शवभन्दा २ सय मिटर पश्चिममा नदीमै जवान साउदको शव मंगलबार बिहान फेला परेको सूदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।
शनिबार राति मोटरसाइकलमा गस्ती गएका दुई जना सम्पर्कबिहिन भएपछि प्रहरीले खोजिकार्य तिब्र बनाएको थियो।
असईको शव आइतबार बिहानै फेला परेपनि जवान बेपत्ता थिए । उनीहरुको हत्या आशंकामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर लिएको छ ।