18 Baishak, 2081 / 30 April , 2024
काठमाडौं, १५ कात्तिक । काठमाडौं उपत्यकामा १३५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा ७८८ पुरुष र ५६९ महिला रहेका छन् । हाल काठमाडौंमा १६८९०, भक्तपुरमा ११५१ र ललितपुरमा २३०३ सक्रिय संक्रमित रहेका छन्।
यसमध्ये काठमाडौंमा १०५०१ र ललितपुरमा २२५७ जना होम आइसोलेसनमा बसेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २१९, भक्तपुरमा ६६ र ललितपुरमा ६० जना संक्रमितको मृत्यु भएको छ।