18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने




नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने


काठमाडौं, ३ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । 

बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने बताएका हुन् । यसअघि गएको शुक्रबार बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । 
प्रचण्डको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली असन्तुष्ट छन् ।
ओलीले पेस गर्ने प्रस्तावलाई समेत ध्यान दिँदै अबको सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अब बस्ने सचिवालय बैठकमा ओली र प्रचण्ड दुवैको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । 

यस्तै आउँदो १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ । 



Related News


यसमा तपाइको मत


Comments