21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

के हामी धनी देशका नोकर नै हौं त?





- लक्ष्मण सिटाैला-

सुन्दर शान्त नेपाल । हराभरा र साँस्कृतिक वैभवताले उन्नत नेपाल । पृथ्वीको सबैभन्दा अग्लो हिमालय पर्वत श्री सगरमाथा काखमा बोकेर सृष्टिको उषादेखि आजसम्म एक सार्वभौम सप्पन्न भएर बाचिरहेको वैदिक नेपाल । यो नेपाल हेर्नलाइ ,यो नेपाल घुम्नलाइ, अनि यो नेपाल स्पर्श गर्नलाइ धेरै भन्दा धेरै बिदेशीलाई आव्हान गर्नु हामी तीन करोड नेपालीको कर्तव्य हो।

बिश्वभर छरिएर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको मुखारबिन्दबाट एकै आवाज आउनुपर्छ कि "मेरो देश सन्सारको सबैभन्दा सुन्दर छ, घुम्न जाउ" भनेर। बिदेशमा बसेका नेपाल आमाका सन्तानहरुले त्याहा काम मात्रै गरेर बस्ने होइन कि त्यो देशका जनतालाई नेपाल घुम्न जाउ भन्नू पर्यो । सबैलाई आफ्नो देश प्यारो हुन्छ। सबै चाहन्छन आफ्नो देशको समृद्धि । चाहदैमा समृद्धि आउदैन। समृद्धि ल्याउनका लागि अठोट सहित सबैले कर्म गर्नैपर्छ । जागीरेले घुस नमागी जनताको काम गरिदिनुहोस। किसानले खेतबारी कहिले बाझो नराख्नुस। राजनीति गर्नेले भ्रष्टाचार नगर्नुहोस् ,भ्रष्टाचार गर्नेलाई छानीछानी कारवाही गर्नुहोस् । हरेक तह र तप्काका मानिसहरू आआफुले जानेका ज्ञान् र अनुभव हासिल गरेका क्षेत्रमा गहिरिएर लाग्नुस जो रास्ट्रको समृद्धिका लागि काम लागोस।

शारीरिक असक्तता भएका ब्यक्तिको मानसिक सक्षमता प्रवल हुन्छ उनीहरू पनि देशोन्नतीका लागि चिन्तित होउन। यो देशमा आलस्य र अल्सी पालेर कोहि नबसुन। हात नहुनेसग खुट्टा छ। खुट्टा नहुनेसग हात छ। हातखुट्टा नै अशक्त हुनेसग सक्षम दिमाग छ । फुर्सदमा, आराममा ,अल्सीमा, आलस्यमा र अलमलमा कोहि अल्झिनु भनेको समृद्धि तर्फको पाइलामा बाधा आउनु हो । गरे नहुने केही छैन। ढुङ्गाको मुर्तिमा अक्षता फाल्नु भन्दा त्यही अन्नको एक दानाले सात दिन भोकै रहेको त्यही मन्दिर छेवैमा बसेको गरीबलाई दिउ त्यो भन्दा पवित्र र पुन्य काम अरु केही हुनै सक्तैन । महान धर्म त त्यही हो । धर्म भन्दा कर्म धेरै महत्त्व छ । कर्म नै पुजा हो। धर्म त मानिसै पिछे फरकफरक होला तर भोक सबैको एउटै हो । तिर्खा सबैको उस्तै हो। हरेक मानिसको मुहार मिल्दैन तर भोक र तिर्खा चाहिँ मिल्छ ।

हामीसगै उदय भएका देशहरुमा हामी चाहिँ उनीहरूको नोकर भएर काम गर्न जानुपर्ने बाध्यता आज कसरी आयो यो गम्भीर बिषय हो । हामी अहिलेको दक्षिण कोरियामा खाद्यान्न निर्यात गर्ने देश थियौ। हामी अहिलेको तिब्बतीहरुलाइ चामल, पीठाे र अन्य खाद्य पदार्थ निर्यात गर्ने देश थियौ। त्यसैको अवधारणामा अरनिको राजमार्ग निर्माण भएको थियोे । ल्हासामा चामल बेचेर सुन किन्ने हैसियत राख्ने नेपाली थियौ हामी हिजो । पहिले ल्हासाबाट सुन आयात गर्ने नेपाली अहिले लुगाफाटो आयात गर्छ। हामी सुनबाट लत्ताकपडा र दैनिक उपभोगका सामान आयात गर्छौ अहिले । पहिला ल्हासालाई चामल र पिठो बेचेर सुन किन्ने नेपाली अहिले आफै दुनाबोता टपरी देखि चामल झिकाएर खानुपर्ने अवस्था छ। अहिले ल्हासा सर्वसम्पन्न छ। अहिले दक्षिण कोरिया प्रगतिको त्यो उचाइमा पुग्यो जाहा हामीलाई उनीहरूले नोकर बनाइरहेका छन।

रेमिट्यान्स जम्मा गरेर देशलाई सम्पन्न बनाउछु भन्ने हाम्रा नेताहरूका सोच नै गलत छन । जवसम्म रेमिट्यान्सका लागि बिदेशीको गुलाम बन्ने प्रवृत्तिको अन्त हुदैन तवसम्म त्यो देशले प्रगति गर्दैन । हाम्रो सम्पन्नता त उर्जा उत्पादनमा छ, कृषि र पर्यटन प्रवर्द्धनमा छ, । हामीसग भलै पेट्रोल, डिजेल ,ग्यास अनि हीराका खानी नहोलान तर हजारौं नदीहरुमा अहोरात्र बगिरहेको हिमनदी त छ नि । हो अब पानी र पर्यटनबाट नै नेपाललाई उन्नतिशील बनाउने हो । हिमाल रहुन्जेल हिमाल हासुन्जेल हिमाल बाचुन्जेल नेपालीको भाग्य चम्किरहने छ । हिमाल हासेको हेर्न बिदेशीलाई बोलाउनु पर्छ । पानी र पर्यटनले मात्रै नेपाल र नेपालीको मुहारमा खुसी ल्याउन सकिन्छ । खाडि मुलुकसग तेलको कुवा भए जस्तै हामीसग त्यो भन्दा लाखौ गुणा ठुला हिमतालहरु छन। त्यो पानीलाइ बेच्नुपर्छ अब प्याकिङ गरेर जसरी बेचेका छन पेट्रोल मरुभूमिका देशहरुले।

हामीसग अथाह पानी छ । सन्सारको सात समुन्द्र हामीले नै भरेका हौ। हाम्रै हिमाल पग्लिएर भरिएका हुन ती भिमकाय समुन्द्रका खाडलहरु। सन्सारको समुन्द्र भर्ने पानी भएको हाम्रो देश आफै चै बरु प्यासी छौ। हामीले पानी उपयोग नगरेकै हो। एक पलमा खरबौ घन मिटर पानी हाम्रा हिमनदीबाट हामीलाई छोडेर बगिरहेका छन। हामीलाई छोडेर भागिरहेका छन।हरेक पल हामी गुमाइरहेका छौ त्यो पानीको अनमोल शक्ति । कहि नभएको पानीको मीठो मुहान हामीसग छ। हाम्रै ओठलाई सुक्खा बनाएर कतै दुर देशमा गइरहेको छ पानी । अब पानीलाइ छोड्नु हुन्न। यो त अमृत हो।

जिन्दगीको हरेक घुड्कामा हिमालयकै पानी परिरहोस ओठमा।पानी उपयोग हुन सक्यो भने हामी सन्सारको सबैभन्दा धनी देशको रूपमा चिनिन्छौ । आउदो सताब्दीमा यदि युद्ध भयो भने त्यो पानीको लागि हुनेछ । तेलका लागि कयौ युद्ध भए र अझैसम्म भैरहेका छन । अब आउदो शताब्दीमा पानीका लागि युद्द हुने छ । तेल सकिदै गएपछि तेलको स्थान पानीले लिने छ । एकदिन तेल सकिन्छ र तेलबाट धनी बनेका देशहरूले भोकमरीको सामना गर्नुपर्ने छ । प्रकृतिमा तेल सकिए पनि पानी भने कहिले सकिँदैन। हामीसग पानी छ ,धेरै पानी छ त्यसैले हामी धनी छौ यदि पानीको सहि उपयोग गर्न सकियो भने। हामीसग हिमालय पर्वत छ र त पानी छ त्यसैले हिमाल जोगाउनु पर्छ। पर्यावरण र पर्यटन एक अर्कासग अन्योन्याश्रीत छन । प्रकृति हराभरा भएको अवस्थामा मात्रै पर्यटन आउने हुन। नेपालको जैविक बिबिधता सन्सारको सबैभन्दा उत्तम र अवलोकन योग्य रहेको छ। बिश्व सम्पदा सुचीमा सुचिकृत हाम्रा सास्कृतिक र प्राकृतिक वैभवताहरुलाइ मात्रै हामीले जोगाउन सक्यौ भने त्यो नै हामीलाई सप्पन्न बनाउन सक्ने राज्यको आयश्रोत बन्न सक्छ।

हिरोसिमामा खसालिएको बमले निलेका मानिसका रगतका छिटा र युद्धको अस्वीकार्य अवशेष अवलोकन गर्न जापानमा लाखौं पर्यटन पुग्छन् भने शान्तिका प्रथम नायक भगवान बुद्धको पावन शान्ति भुमी नेपाल हेर्नलाई लाखौ पर्यटकलाइ हामीले किन आव्हान नगर्ने? नेपाल चिनाउन बुद्ध नै काफी छन। नेपाललाई समृद्धि तर्फ लिएर जान हिमालय नै काफी छन। नेपालको बिकासको मुल श्रोत भनेको पानी र पर्यटन नै हो। नेपालका हिमनदीहरुमा हरेक पाँच किलोमीटरको दुरिमा हाइड्रोपावरको संभावना रहेको छ । आज सन्सारमा चुलिदै गएको उर्जा सन्कट केवल बिद्धुत उत्पादनबाट मात्रै सम्भावना छ। दुई शक्तिशाली देशको बिचमा अवस्थित नेपाल उर्जाको प्रचुर संभावना बोकेर बसेको छ । तीन करोड नेपालीको भविस्य उज्यालो बनाउने हो भने यो रास्ट्रको अपार जलश्रोतको उपयोग मात्रै एकमात्र विकल्प हुन सक्छ ।

हामीसग भएका लामा लामा हिमनदीहरु हाम्रो भाग्य निर्माणका अथाह श्रोत हुन । अब नेपालले उर्जा बेच्ने हो । अब नेपालले पानी बेच्ने हो । प्रकृतिले दिएको यो भन्दा अनुपम उपहार अर्को हुनै सक्तैन । त्रीयासी हजार मेघावाट बिजुली उत्पादन गरेर चीन भारत र बङलादेशलाइ बेच्ने उदेश्य लिएर यदि कोहि नेता यो देशमा अगाडि आउँछ र कार्य गर्छ भने उ नै यो देशको महान सम्राट घोषणा हुने छ । आउदो शताब्दीमा तेलको विकल्पको रूपमा बिद्धुत मात्रै सर्वस्वीकार्य हुनेछ। त्यो उर्जाको मुहान नेपाल एकमात्रै देश हुने छ।

पानी त शक्ति हो । हामीसग कति शक्ति छ भन्ने कुरा बुझेर पनि मौन बसिरहेका छौ। उर्जामा लगानी गर्न खास गरेर दुई छिमेकी देश चीन र भारत हर समय तयारी अवस्थामा छन। हामीले केवल आव्हान मात्रै गर्न जान्नुपर्छ। चिनसग नजीक रहेका नेपालका हिमनदीहरुमा बिद्धुत उत्पादन गर्न चीनलाई नै आव्हान गरु र भारतसग सीमा जोडिएका पहाडी भु-भेगका नदीहरुमा बिजुली उत्पादन गर्न भारतलाई नै आव्हान गरु। प्राकृतिक श्रोतको परिचालन उत्पादन उपयोग गर्नका लागि एउटा छुट्टै निकाय खडा गरु र केन्द्रीय सरकारले नै त्यस्को जिम्मेवारि लिउ। नाभिमा सुगन्ध बोकेर वासनाका लागि परपर भड्किएको कस्तुरी भएका छौ हामी ।

केही महिना पहिले एन आर एन ए को चुनाव सप्पन्न भएको थियो । बिश्वमा छरिएका नेपाली तर बिदेशी पासपोर्ट होल्डरहरुको छाता सङ्ठन हो यो एन आर एन ए । यिनै एन आर एन ए मार्फत पनि नेपालको उर्जामा लगानी गर्न बिश्वका धनी रास्ट्रहरुलाइ आव्हान गर्न सकिन्छ । एन आर एन ए आफै पनि अरबौ लगानी गर्न सक्षम छ । उहाँहरुको मागलाई नेपाल सरकारले सम्बोधन गरेर बिदेशमा आर्जन गरेको त्यो अपार धन नेपालको उर्जा उत्पादनमा लगानी गराउन सकिन्छ । उहाँहरु केवल आफ्नो लगानीको सुरक्षामा ग्यारेन्टी चाहनुहुन्छ र आफू जन्मेको देशमा जन्मका नाताले यहाँ केही गर्न चाहन्छन । अमेरिका भ्रमणका बेला अमेरिकी भारतीयहरुलाइ मोदीले जसरी आकर्षक नाराका साथ सम्बोधन गरेर अरबौ डलर भारतको बिकासका लागि भित्र्याए जस्तै हाम्रो सरकारले पनि यस्ता आकर्षक कामहरू गर्न सक्छ ।

एउटा प्रखर ब्यक्ति आफै प्रगतिशिलताको गतिलो उर्जा हो । यस्तै यस्तै हजारौं ब्यक्तिहरुको सामुहिक सम्पुजन नै समृद्धिको घाम हो। नेपाललाई पर्यटन र उर्जा उत्पादनको हबको रूपमा बिकास गर्नाका लागि सरकारको मात्रै एकल प्रयासले सम्भव छैन। चन्द्रमा वरिपरि थप अरु ताराहरु छन र पो आकाश आफै शोभनीय देखिएको छ । मात्रै एकल जुन त निराश पो देखिन्छ आकाश गङ्गामा ।

laxmanrajsitaula@gmail.com



Related News


यसमा तपाइको मत


Comments