22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो दाबी गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।
ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए ।
निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयन विपरीतको काम गरेको समेत उनले आरोप लगाए । बैठकमा उनले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताए ।
आफूले संविधान सम्मत तथा कानुन सम्मत काम गरेकाले जबाफदेहिता लिने उनले बताए । आफूले गरेका काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि आक्रमण गर्ने तथा हुर्मत लिने काम गरेको बताए । निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरीत लागेको पनि उनले बताए ।