21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, ५ माघ । नेपालमा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ३ सय २२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ३ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । तीमध्ये २ लाख ६१ हजार ८ सय १८ जना निको भएका छन् । गत २४ घण्टामा ३ सय ७४ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
सोमबार थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।