16 Baishak, 2081 / 28 April , 2024
एजेन्सी । चीनको सुन खानीमा फसेका एघार जनाको दुई हप्तापछि उद्धार गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा फसेकामध्ये पहिलो व्यक्तिलाई माथि ल्याइँएको छ । त्यहाँ खटिएका कामदारहरु खुसी भएको टीभीको फुटेमा देख्न सकिन्छ । ती व्यक्तिको आँखाको ज्योति नगुमोस् भनेर पट्टी बाँधिएको थियो ।
उद्धार गरिएकाहरू उद्धारकर्मीसँग सम्पर्क स्थापित गरेर सानो सुरुङमार्फत औषधि र खाना प्राप्त गरिरहेका समूहमा पर्थे ।
गएको १० जनवरीमा सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए ।
विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन । विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको र बाँकी १० जना जीवित छन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन ।
विस्फोटपछि बन्द भएको खानीको प्रवेशद्वारका बारेमा अहिलेसम्म केही थाहा पाउन सकिएको छैन ।